२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न



काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ हालसम्म ११ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । प्रत्यक्षतर्फ सुदूरपश्चिमका तीन र कर्णालीका आठ गरी ११ जिल्लाको मतपत्र छपाइ सम्पन्न भई ढुवानीको प्रक्रिया सुरु गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम र डोटी, कर्णाली प्रदेशअन्तर्गत दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा र रुकुमपश्चिमका लागि मतपत्र छपाइ सम्पन्न भई ढुवानीका लागि तयार गरिसकिएको उनले बताए ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हालसम्म २५ जिल्लाका लागि करिब ३० लाख मतपत्र छपाइ गरिएको पनि आयोगले जनाएको छ । तीमध्ये १६ लाख २१ हजार मतपत्र प्याकिङ भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड आठ लाख मतपत्र यसअघि नै छपाइ सकिएको छ । प्रत्यक्षतर्फ मतपत्र पनि छपाइ सकेर फागुन दोस्रो सातासम्म सम्बन्धित जिल्ला एवम् निर्वाचन क्षेत्रमा पठाइने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ५ : ४२ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य