१८ माघ २०८२, आइतबार | February 1, 2026

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न



काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ हालसम्म ११ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । प्रत्यक्षतर्फ सुदूरपश्चिमका तीन र कर्णालीका आठ गरी ११ जिल्लाको मतपत्र छपाइ सम्पन्न भई ढुवानीको प्रक्रिया सुरु गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम र डोटी, कर्णाली प्रदेशअन्तर्गत दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा र रुकुमपश्चिमका लागि मतपत्र छपाइ सम्पन्न भई ढुवानीका लागि तयार गरिसकिएको उनले बताए ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हालसम्म २५ जिल्लाका लागि करिब ३० लाख मतपत्र छपाइ गरिएको पनि आयोगले जनाएको छ । तीमध्ये १६ लाख २१ हजार मतपत्र प्याकिङ भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड आठ लाख मतपत्र यसअघि नै छपाइ सकिएको छ । प्रत्यक्षतर्फ मतपत्र पनि छपाइ सकेर फागुन दोस्रो सातासम्म सम्बन्धित जिल्ला एवम् निर्वाचन क्षेत्रमा पठाइने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ५ : ४२ बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि