१० चैत्र २०८२, मंगलबार | March 24, 2026

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय



काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय सञ्चालन भइरहेको भवन काठमाडौं महानगरपालिकालाई प्रयोग गर्न दिने निर्णय गरेको छ । आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले भोटाहिटी चोकमा रहेको साइबर ब्युरोले प्रयोग गर्दै आएको जग्गा तथा त्यसमा बनेको भवन महानगरपालिकालाई प्रयोग गर्न दिने सहमति गरेको हो ।

उक्त भवनमा वडा कार्यालय सञ्चालन गर्ने उद्देश्यले महानगरपालिकाले गृह मन्त्रालयसँग माग गरेको थियो । सहमति भएपछि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सहकार्य र समन्वयका लागि गृह मन्त्रालयप्रति आभार व्यक्त गरिन् । उनले अन्तरसरकारी सहकार्य र साझेदारीका माध्यमबाट नागरिक सेवा अझ सहज बनाउन महानगरपालिका सधैं तत्पर रहेको बताइन् ।

कार्यवाहक प्रमुख डंगोलका अनुसार महानगरपालिका-२८ रामशाहपथमा उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको सात रोपनी, दुई पैसा, तीन दाम क्षेत्रफलको जग्गा नेपाल सरकारको नाममा दर्ता गर्न महानगरपालिकाले सहमति गरेको छ । उक्त जग्गा सरकारको नाममा दर्ता भइसकेपछि कुल क्षेत्रफलमध्ये कम्तीमा आठ आना जग्गा समरजंग कम्पनी कार्यालय (हाल साइबर ब्युरो रहेको जग्गाको स्वामित्व रहेको कम्पनी) लाई र बाँकी जग्गा नेपाल प्रहरी तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपयोग गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाइनेछ ।

उनले भनिन्, “यी निर्णयहरू अन्तरसरकारी समन्वय, साझेदारी र सहकार्यका असल अभ्यास हुन् । नागरिक सेवा सहज बनाउने उद्देश्यले महानगरपालिका आपसी सम्बन्ध मजबुत बनाउन सधैं तयार छ ।”

बैठकले कित्ता नम्बर ३५३, ३५४ र ३५५ मा रहेको चार आना, दुई पैसा, एक दाम क्षेत्रफलको जग्गा तथा सो जग्गामा निर्मित भवन महानगरपालिकालाई प्रयोग गर्न दिने निर्णय गरेको हो । उक्त जग्गा समरजंग कम्पनीको नाममा दर्ता रहेको छ ।

सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण स्थानीय तहले गर्ने कानुनी व्यवस्था अनुसार यस्ता जग्गा प्रयोग गर्न सम्बन्धित निकायबीच समन्वय र सम्झौता आवश्यक पर्ने भएकाले महानगरपालिकाले गृह मन्त्रालयसँग औपचारिक सहमतिको पहल गरेको थियो ।

बैठकले रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको जग्गा नेपाल सरकारको नाममा दर्ता गर्ने तथा सहमतिअनुसार सम्बन्धित निकायहरूले उपयोग गर्ने प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ८ : १६ बजे

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।