७ कार्तिक २०८३, शनिबार | October 25, 2026

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)



काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये ७६ जनाको नाम हटाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बिभिन्न अभियोग लागेका र आयोगले तोकेको मापदण्ड पूरा नगरेका समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये ७६ जनाको नाम सूचीबाट हटाएको हो ।

आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ७६ जनाको नाम हटाइएको जानकारी दिएको छ । कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका, निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका, पच्चीस वर्ष उमेर पूरा नभएका लगायत उम्मेदवारहरूको नाम बन्दसूचीबाट हटाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

ुसमानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारको बन्दसूचीका सम्बन्धमा पर्न आएका उजुरी, प्रचलित कानुन बमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय एवम् राजनीतिक दलबाट प्राप्त जानकारीसमेतका आधारमा ७६ जनाको नाम हटाउने निर्णय भएको हो,ु आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने।

आयोगले सूचीबाट हटाइएकाहरुमा कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना, निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १० जना, पच्चीस वर्ष उमेर पूरा नभएका ४ जना, मतदाता नामावलीमा नाम समावेश नभएका १ जना, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २ जना, महिला उम्मेदवार पेस हुनुपर्नेमा पुरुष उम्मेदवार पेस भएका १ जना, नाम हटाउन भनी सम्बन्धित राजनीतिक दलबाट लेखिआएका १० जना, तथा माथि उल्लिखित कारणहरूमध्ये एकभन्दा बढी कारण भएका २ जना रहेका छन् ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  १० : ४६ बजे

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र