२७ भदौ २०८३, शनिबार | September 12, 2026

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट



बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २ का उम्मेदवार गोकर्ण विष्टले देशलाई बाह्य हस्तक्षेप र गलत दिशाबाट जोगाउने दायित्व अब एमालेको काँधमा आएको बताएका छन् ।

गुल्मीको मालिका, मुसिकोट र रेसुंगा नगरपालिकाबाट बुटवल आएर बसोबास गरिरहेका एमाले कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष विष्टले वर्तमान अवस्थासम्म देशलाई ल्याउने शक्तिहरूलाई जनताले मतदानमार्फत जवाफ दिनुपर्ने बताए । उनले देश र संविधानको रक्षा गर्न एमालेको नेतृत्व अपरिहार्य भइसकेको उल्लेख गरे ।

“विगतमा भएका केही कमीकमजोरीलाई आत्मसमीक्षा गर्दै सुधार गरिएको छ,” उनले भने, “अब देशलाई सही दिशामा अघि बढाउन, संविधान जोगाउन र राष्ट्रिय स्वाधीनता कायम राख्न एमालेको नेतृत्व आवश्यक छ ।”

उपाध्यक्ष विष्टले आगामी निर्वाचनबाट नेकपा एमाले पहिलो पार्टीका रूपमा स्थापित हुने दाबी गर्दै अधुरा विकास योजनाहरू पूरा गर्ने, सुशासन कायम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने एमालेको स्पष्ट एजेन्डा रहेको बताए । आवश्यक परे संविधान संशोधन गरेर पनि सबै वर्गका जायज माग सम्बोधन गरिने उनको भनाइ थियो ।

पूर्वमन्त्रीसमेत रहेका विष्टले गुल्मी क्षेत्र नं. २ मा एमालेको जित कसैले रोक्न नसक्ने दाबी गरे । अघिल्लो निर्वाचनमा गठबन्धनलाई समेत पराजित गरिएको स्मरण गर्दै यसपटक सबै दल एक्लाएक्लै चुनावी मैदानमा उत्रिएकाले १२ हजारभन्दा बढी मतान्तरले एमाले विजयी हुने उनले बताए ।

गुल्मी क्षेत्र नं. २ मा विकासको लहर एमालेकै नेतृत्वमा सुरु भएको उल्लेख गर्दै विष्टले ४१ वटै वडालाई समेट्ने गरी सडक कालोपत्रे योजनाहरू अघि बढाइएको जानकारी दिए ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले देशलाई नटवरलाल र महाठगहरूबाट जोगाउनुपर्ने आवश्यकता औँल्याइन् । उनले नटवरलालहरू राजनीतिमा हावी भए संसद् सर्कस बन्ने चेतावनी दिँदै सचेत हुन आग्रह गरिन् ।

उक्त अवसरमा निर्वाचन परिचालन कमिटी गठन गरिएको थियो ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ५ : ५६ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित