६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक बिहान ८ः३० बजे ‘जुम’ प्रविधिमार्फत आयोजना गरिने पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

उक्त अनलाइन बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरूलाई सहभागी हुन अनुरोध गरिएको छ ।

बैठकका लागि तीनवटा प्रमुख एजेन्डा तय गरिएका छन् । कार्यवाहक मुख्य सचिव दुलालका अनुसार बैठकमा नेपाली कांग्रेस प्रतिनिधिसभा सदस्य निर्वाचन परिचालन निर्देशिका-२०८२, सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका-२०८२ तथा केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयमा छलफल हुने छ ।

आगामी निर्वाचन र पार्टी संगठन व्यवस्थापनसँग जोडिएका विषयहरूमा नीतिगत निर्णय गर्न बैठक महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ८ : ३७ बजे

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन

नेपाली महिला ‘यु-१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा