१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट छिट्टै पठाइने छ : स्वास्थ्यमन्त्री



खजुरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मेडिकल अंकोलोजिस्टको अभावमा अनुदानमा आउने क्यान्सरको औषधी बन्द हुन नदिने आश्वासन दिएकी छन् । बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको अनुगमनका क्रममा बोल्दै मन्त्री शर्माले खजुरा क्यान्सर अस्पतालमा छिट्टै मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट पठाउने प्रतिबद्धता जनाइन् ।

उनले अस्पतालसंग प्रसस्त भौतिक सम्पत्ति रहेको र त्यसलाई उपयोग गर्न सके सेवा प्रभावकारी बनाउन सकिने बताइन् । क्यान्सर अस्पतालमा अभाव रहेको दरबन्दी सृजना गर्न आफ्नो प्रयास रहने बताउँदै मन्त्री शर्माले अभाव रहेको जनशक्ति करारबाट भएपनि छिट्टै पुर्ति गरिने बताइन् ।

अस्पताल अनुगमनमा पुगेकी मन्त्री डा. शर्मालाई अस्पतालका कार्यकारी निर्देशक डा. ज्वलन्त पौडेल, अस्पतालका संकल्पकर्ता संत श्री दीनदयालजी महाराज, प्रर्व निर्देशक डा. निरज भट्टराई लगायतले स्वागत गरेका थिए । अनुगमन पछि अस्पताल प्रशासन र कर्मचारीहरुसंग मन्त्री शर्माले अन्तरक्रिया समेत गरेकी थिइन् । सो क्रममा अस्पतालको प्रतिवेदन प्रस्तुत गर्दै निर्देशक पौडेलले बिरामीको चाप बढ्दै गएपनि जनशक्तिको चरम अभाव रहेको बताए । उनले ओएनएम स्वीकृत नहुँदा जनशक्ति व्यवस्थापनमा कठिनाई भएको बताए ।

पूर्व कार्यकारी निर्देशक डा. भट्टराईले अस्पतालमा मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट नहुँदा सेवामा गम्भीर असर परेको बताए । उनलले यसअघि नै ओएनएम सर्वे भइसकेको मन्त्री शर्मालाई जानकारी गराउँदै मन्त्रालयबाट स्वीकृत गरि बजेटको सुनिश्चितताको पहल गर्न आग्रह गरे ।

अस्पतालका संकल्पकर्ता दीनदयाल जी महाराजले जनताको मुट्ठी दानबाट निर्माण भएको अस्पतालमा धार्मिक वातावरण बनाउन मन्त्री समक्ष आग्रह गरे । उनले जनताले बनाएको अस्पताल जनता प्रति नै सेवारत र उत्तरदायी हुनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १० : २२ बजे

जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने तय भएको छ ।

ईयू आबद्ध देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित युरोपेली

रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु

रौतहट । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा

आजको मौसम : पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा