२३ चैत्र २०८२, सोमबार | April 6, 2026

दुर्घटना अपडेट : तामाकोशी नदीमा बस खस्दा ५ जनाको मृत्यु, ३ घाइतेको उद्धार



रामेछाप । काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।

रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणी नजिकै लिलौटी भन्ने स्थानमा यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसका साहुसहित पाँच जनाको शव नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले जनाएका छन्।

दुर्घटनामा परी तीन जना घाइते भएका छन्, उनीहरूलाई उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको अरनिको यातायातको यात्रुवाहक बस सडकबाट सिधै तामाकोशी नदीमा खसेको थियो ।

दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी र उद्धार टोलीको सहयोगमा उद्धार कार्य जारी रहेको छ । नदीमा डुबेको बसबाट अन्य यात्रुहरूलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  १२ : ०६ बजे

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा

लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित भएकी

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना

सत्तापक्ष र प्रतिपक्षको एकै स्वर – वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ

काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती