६ श्रावण २०८३, बुधबार | July 22, 2026

सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन



काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखापर्नसक्ने चुनौतीको समयमै सूचना संकलन र सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै परिचालित हुन निर्देशन दिएका छन् ।

‘आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयवस्तुमा’ आज भर्चुअल माध्यमबाट प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले आसन्न निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा लिई निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन आग्रह गरे

“निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने एवम् अवाञ्छित गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सूचना संकलनलाई उच्च प्राथमिकतामा राखि भरपर्दो सुरक्षा संयन्त्र परिचालित हुनुस्”, महानिरीक्षक कार्कीले भने। उनले जुनसुकै निर्वाचन क्षेत्रमा हुनसक्ने अनपेक्षित घटनाको सम्बोधनको लागि सूचना संकलन तथा विश्लेषण एवम् पूर्वअभ्यासहरूलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरू सदैव तयारी हालतमा रहनुपर्नेमा जोड दिए ।

सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूसँग शान्ति सुरक्षाको अवस्था एवम् आसन्न निर्वाचनको तयारी लगायतका विषयवस्तुसम्बन्धी जानकारी लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  २ : ०५ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना