३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

वेस्ट इन्डिजसँगको खेलमा टस हारेर पहिले ब्याटिङमा नेपाल, सोमपालको कमब्याक



काठमाडौं । भारतमा जारी आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार बिहान मुम्बईको वानखेडे रंगशालामा भइरहेको खेलमा वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङका लागि मैदान उत्रिएको हो। यससँगै विश्वकपमा नेपालले लगातार तेस्रो खेलमा पनि टस गुमाएको छ।

आजको खेलका लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। ललित राजवंशीको स्थानमा सोमपाल कामीलाई प्लेइङ–११ मा समावेश गरिएको छ। सोमपाल तीन वटा विश्वकप खेल्ने एक्ला नेपाली खेलाडी हुन्। वानखेडे स्टेडियममा २० वर्षपछि सोमपालको दोस्रो ‘इनिङ’ हो ।

समूह चरणको समीकरणअनुसार, आज नेपाललाई पराजित गर्न सफल भए वेस्ट इन्डिज एक खेलअघि नै सुपर–८ मा प्रवेश गर्नेछ।

नेपालले यसअघि खेलेका दुई खेलमध्ये पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको झिनो अन्तरले हार बेहोरेको थियो भने दोस्रो खेलमा इटालीसँग १० विकेटको लज्जास्पद पराजय भोगेको थियो।

नेपालको प्लेइङ–११

कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव र सन्दीप लामिछाने।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ११ : २७ बजे

दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालद्वारा वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार भएको खेलमा अलराउन्डर दीपेन्द्रसिंह

राष्ट्रपति पौडेलद्वारा टुँडिखेलमा महाशिवरात्री बढाइँ अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६३ औँ सेना

पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा

वेस्ट इन्डिजसँगको खेलमा टस हारेर पहिले ब्याटिङमा नेपाल, सोमपालको कमब्याक

काठमाडौं । भारतमा जारी आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार बिहान मुम्बईको

वीरगन्ज भन्सारद्वारा सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा