१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन – प्रचारदेखि आचारसम्म कडाइ



काठमाडौं । निर्वाचन आयोग ले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल र उम्मेदवारका लागि ६४ बुँदे निर्देशन जारी गरेको छ।

आयोगले आइतबार जारी गरेको निर्देशनमा निर्वाचन अवधिमा के गर्ने र के नगर्ने भन्ने विषय स्पष्ट पार्दै आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको हो।

आयोगले कुनै पनि व्यक्तिलाई उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदान गर्नबाट वञ्चित गराउने उद्देश्यले अवरोध सिर्जना गर्न, थुनछेक गर्न वा गराउन नहुने स्पष्ट पारेको छ। हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग, धाकधम्की, डरत्रास, सामाजिक बहिष्कार, चरित्र हत्या, आर्थिक प्रलोभन, लोभलालच वा धर्मका नाममा प्रभाव पार्ने गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ।

प्रचारप्रसारका गतिविधि तोकिएको समयभित्र मात्र गर्न पाइने आयोगको निर्देशनमा उल्लेख छ। जुलुस, आमसभा, कोणसभा, घरदैलो कार्यक्रम तथा सञ्चारमाध्यममा प्रचार सामग्री प्रकाशन–प्रसारण पनि निर्धारित समयमै सीमित गर्नुपर्नेछ। मतदातालाई उपहार, नगद वा जिन्सी दिने, सार्वजनिक भोज आयोजना गर्ने वा यस्ता क्रियाकलापमा संलग्न हुन नहुने स्पष्ट निर्देशन दिइएको छ।

आयोगले प्रचारका क्रममा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतामा आँच पुर्‍याउने गतिविधि नगर्न सचेत गराएको छ। धर्म, जातजाति, वर्ग, क्षेत्र वा समुदायबीच वैमनस्यता फैलाउने, घृणा वा द्वेष उत्पन्न गर्ने र हिंसात्मक गतिविधि उक्साउने कार्यलाई पनि निषेध गरिएको छ।

उम्मेदवार वा उनका परिवारका सदस्यको चरित्र हत्या गर्ने, डरत्रास वा धम्की दिने जस्ता कार्य पनि आचारसंहिताविरुद्ध हुने आयोगले जनाएको छ।

प्रचार सामग्रीका हकमा निर्वाचन आचारसंहिता, २०८२ अनुसार ७५ ग्रामसम्मको कागजमा ३०० वर्ग इन्च क्षेत्रफलभित्र एउटै रङको पर्चा वितरण गर्न पाइनेछ। तर पोस्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता सामग्री छाप्न वा प्रयोग गर्न निषेध गरिएको छ। धार्मिक, ऐतिहासिक, सरकारी वा निजी भवन तथा सार्वजनिक संरचनामा पर्चा टाँस्न वा लेख्न पनि नपाइनेछ। सभा–भेला बाहेक अन्यत्र साउण्ड सिस्टम प्रयोग गर्न नहुने व्यवस्था गरिएको छ।

आयोगले मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म कुनै पनि प्रकारको प्रचारप्रसार, सभा, जुलुस वा नाराबाजी गर्न नपाइने जनाएको छ।

आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै दल तथा उम्मेदवारलाई निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ४ : ५९ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि