२० असार २०८३, शनिबार | July 5, 2026

नेपालको समाजवाद समुदायमा आधारित हुन्छ : संयोजक प्रचण्ड



रुकुम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको समुदायमा आधारित समाजवाद आधारित हुने बताएका छन् । चुनावी अभियानअन्तर्गत घरदैलो कार्यक्रमका क्रममा आज पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोट पुगेका उनले चीन र भियतनामको मोडल पढेर त्यसबाट शिक्षा लिने तर नेपालको समाजवाद नेपाली समुदायमा आधारित मौलिक खालको हुने बताए ।

उनले रुकुम पूर्वलाई समाजवादको उर्वर भूमि भएको उल्लेख गर्दै “नेपालको समुदायमा आधारित समाजवाद” निर्माणको आधार यही क्षेत्र बन्ने उल्लेख गरे। “चीन र भियतनामको मोडल पढ्यौं, तर नेपालको समाजवाद नेपाली समुदायमा आधारित मौलिक खालको हुन्छ,” उनले भने ।

सम्बोधनका क्रममा उनले पछिल्लो समय जेन्जी युवापुस्ताबाट देशको सहि नेतृत्व गर्न र आन्दोनमार्फत उठाएका माग सम्बोधन गर्नका लागि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा आइरहेको उल्लेख गर्दै भने, “जेनजीका मुख्य नेताहरूले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुनेरहेछ भनेका छन्। त्यसको अर्थ म प्रधानमन्त्री बन्न खोजेको होइन, देश र जनताको चाहना बुझ्नुपर्छ भन्ने हो।”

मैकोटसम्म गाडीमार्ग पुगेकोमा गौरव व्यक्त गर्दै उनले सहिद मार्गको अवधारणा जनयुद्धकालमै आफूले प्रस्ताव गरेको जानकारी दिए। “जनयुद्धकै बेलामा सुरु गर्ने प्रस्ताव पार्टीबाट निर्णय गराएर अघि बढाइएको मार्ग हो यो,” उनले भने। सहरतारा हुँदै चीनसम्म कालोपत्रे सडक विस्तार गर्ने आफ्नो परिकल्पना दोहोर्‍याउँदै उनले सहज र चिल्लो सडकबाट रमणीय मैकोट पुग्न सकिने वातावरण बनाउने लक्ष्य आफ्नो रहेको बताए । साथै, प्रधानमन्त्री हुँदा सुरु गरिएको मध्यपहाडी राजमार्गलाई अझ स्तरीय बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

विरोधीहरूले आफू चुनाव जित्न मात्रै रुकुम आएको आरोप लगाएको प्रसंग उल्लेख गर्दै प्रचण्डले १२ जिल्लाबाट एकल सिफारिस आएको र अन्ततः रुकुम पूर्व रोजेको जानकारी दिए। “हिजोको मुख्य आधार इलाका रुकुम–रोल्पा थियो, पहिले रोल्पाबाट सुरु गरियो, यसपटक रुकुम पूर्वबाट देश निर्माणको नयाँ अध्याय सुरु हुन्छ,” उनले भने।

महिला सशक्तीकरणको प्रसंग उठाउँदै उनले मगर तथा जनजाति समुदायमा महिलाको सहभागिता तुलनात्मक रूपमा सशक्त रहेको उनले उल्लेख गरे । महिलाको सीप र दक्षता अभिवृद्धि गरी उद्यमशील र आत्मनिर्भर बनाउने योजना अघि सार्दै उनले रुकुम पूर्वलाई पर्यटनका दृष्टिले उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्ने प्रतिवद्धता जनाए।

संयोजक प्रचण्डले रुकुम पूर्वलाई “क्रान्तिको किल्लाबाट विकासको किल्ला” बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ९ : १६ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी