१७ असार २०८३, बुधबार | July 2, 2026

रुपन्देहीमा राष्ट्रिय जनमोर्चाको चुनावी अभियान सक्रिय



बुटवल । राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा चुनावी अभियानलाई तीव्रता दिएको छ । रुपन्देहीका ५ वटा क्षेत्र मध्ये क्षेत्र नम्बर १, २, ३ र ५ मा प्रत्यक्ष तर्फबाट उम्मेदवार दिएको राष्ट्रिय जनमोर्चाले चुनावी अभियानलाई मतदाता केन्द्रित गरेको छ ।

राष्ट्रिय जनमोर्चाले रुपन्देही क्षेत्र नम्बर १ मा हरि केसी, क्षेत्र नम्बर २ मा रुकबहादुर पराजुली, क्षेत्र नम्बर ३ मा बद्रे आलम मुसलवान र क्षेत्र नम्बर ५ मा जयश्वर रेग्मीलाई उम्मेदवार बनाएको छ ।

केहीदिन यतादेखि राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा निर्वाचनका कार्यक्रमहरुलाई तीव्रता दिएको छ । चारवटै क्षेत्रमा निर्वाचन परिचालनका लागि सम्पर्क कार्यालय स्थापना, पर्चा, पम्पलेट वितरण गरिएको र घरदैलो अभियानमा लागिएको राष्ट्रिय जनमोर्चा रुपन्देहीका नेता भीमलाल न्यौपानेले जानकारी गराए ।

यस अघि क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालय खोलेर चुनावी गतिविधि सञ्चालन गरिएको थियो । आज सोमबार रुपन्देही क्षेत्र नम्बर ३ को सैनामैनाको मुर्गिमा सम्पर्क कार्यालय खोलिएको राष्ट्रिय जनमोर्चाले जानकारी गराएको छ ।

राष्ट्रिय जनमोर्चाका समानुपातिक तर्फका उम्मेदवार तथा निर्वाचन मूल समितिका संयोजक सहप्रध्यापक लिलाबहादुर केसीको अध्यक्षता र लालबहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम आयोजना गरी निर्वाचन परिचलानका लागि सम्पर्क कार्यालय खोलिएको हो ।

सोही कार्यक्रममा बोल्दै कम्युनिष्ट संग्रालयका अध्यक्ष तथा वामपन्थी नेता चेतनाथ आचार्यले विवेक पुराएर भोट दिन मतदातालाई आग्रह गरेका छन् । कसैको प्रलोवनमा नपरी एजेण्डा हेरेर राष्ट्रबादी शक्तिलाई मात्रै मतदान गर्नुपर्ने बताए ।

समानुपातिक तर्फका उम्मेदवार लिलाबहादुर केसीले फागुन २१ मा हुने निर्वाचन राष्ट्रबादी र राष्ट्रघाती बिचको भएको बताउंदै एजेण्डा हेरेर मात्र मतदान गर्न आममतदातालाई आग्रह गरे ।

काँग्रेस, एमाले, माओवादीका रिसले आफुलाई नयां भन्ने रास्वपा देश नै सिध्याउने खेलमा लागेको दावी गर्दै सधैभर राष्ट्रियताको पक्षमा लड्दै आएको राष्ट्रिय जनमोर्चालाई गिलासमा मतदान गर्न समानुपातिक तर्फका उम्मेदवार लिलाबहादुर केसीले मतदातालाई आग्रह गरेका छन् ।

अर्का समानुपातिक तर्फका उम्मेदवार गणेश गौतमले राष्ट्र, राष्टियता, सार्वभौमिकता र अखण्डताको पक्षमा सधै लड्दै आएको दल राष्ट्रिय जनमोर्चालाई मतदान गर्न आग्रह गरेका छन् । उनले हल्लाको भरमा चुनाव जित्ने गरिएको छ, त्यसले देशको अस्तित्व सिरिया, भेनेजुयला, प्यालेस्टाइनको जस्तो हुनसक्ने भएकाले सचेत भएर राष्ट्रिय जनमोर्चालाई मत दिन आममतदालाई आग्रह गरेका छन् ।

उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सलहकार चन्द्रबहादुर केसी, रुपन्देही षेत्र नम्बर २ का प्रत्यक्षतर्फका उम्मेदवार रुकबहादुर पराजुली, क्षेत्र नम्बर ५ का प्रत्यक्ष तर्फका उम्मेदवार जयश्वर रेग्मी, नेकपा मसाल रुपन्देहीका प्रवक्ता लालचन पन्थ, महिला नेतृ सरिता जीसी लगायतले बोल्दै राष्ट्रवादी शक्तिलाई मतदान गर्न आममतदाताई अपिल गरेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ६ : ३५ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)