५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बन्दको हल्ला सुनेपछि रुपन्देहीका विद्यालयले दिए मंगलबार विदा



बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका नेकपा बहुमतले बन्दको विज्ञप्ति निकालेपछि बुटवल र यस आसपासका बिद्यालयहरुले विद्यालयमा विदादिने सूचना गरेका छन् । भोली मँगलबारका लागि आह्वान गरिएको बन्दको हल्लाका आधारमा विद्यालयहरुले विदाको सूचना जारी गरेका हुन् ।

नीजि विद्यालयहरुले औपचारिकरुपमा सूचना प्रकाशित नगरेपनि अभिभावकहरुलाई फोन गरेर विद्यार्थी नपठाउन भनेको बुटवलका एक अभिभावकले बताए ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भने रुपन्देहीमा बन्दको कुनै प्रभाव नपर्ने जनाएको छ । आवश्यक सुरक्षा व्यवस्थाका लागि स्थानीय प्रशासन तयार रहेको बताउँदै प्रशासनले बजार, पसल, विद्यालय तथा कलकारखाना निर्वाध रुपमा सञ्चालन गर्न आग्रह गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नाममा बन्द बारे विज्ञप्ती सार्वजनिक भएपछि विद्यालयहरुले पठनपाठन नगराउने भनेपनि अन्य निकायले भने बन्दबारे कुनै औपचारीक धारणा सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ९ : ५५ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान