१ असार २०८३, सोमबार | June 15, 2026

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माद्वारा पार्टी परित्याग



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन् । हाल पार्टीको केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी शर्माले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएकी छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै उनले पार्टीभित्र इमानदार र निष्ठावान व्यक्तिहरुको उचित मूल्यांकन नभएको तथा आर्थिक अनियमितता भएको आरोप लगाउँदै पार्टीमा रहिरहन नसक्ने निष्कर्षमा पुगेको उल्लेख गरेकी छन् ।

विज्ञप्तिमा उनले भनिन्, “आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रभावित भएको अवस्थाले मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच पुर्‍याएको छ । यस्ता गतिविधिको साक्षी भएर मौन बसिरहन अब सम्भव छैन ।”

शर्माले सोही कारण आजकै मितिदेखि लागू हुने गरी पार्टीको सम्पूर्ण जिम्मेवारी तथा साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको स्पष्ट पारेकी छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  १२ : ४० बजे

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै

काठमाडौं । चीनको चार दिने औपचारिक भ्रमणमा खनाल परराष्ट्रमन्त्री शिशिर

सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु

रसुवागढीमा कैलाश मानसरोवर जाने तीर्थयात्रीको चाप

रसुवा । मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीको नेपाल-चीन सीमा रसुवागढी नाकामा

४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

चितवन । पछिल्लो ४५ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस सरकार

धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का