६ श्रावण २०८३, बुधबार | July 22, 2026

बुटवल ईलिटमा पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रम



बुटवल । बुटवलको शैक्षिक विकासमा योगदान दिएको नीजि क्षेत्रकै पुरानो बुटवल ईलिट ईगलिस बोर्डिङ स्कुलमा पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार विद्यालयमा गरिएको कार्यक्रमको एक समारोहका बिच नेपाल अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले उद्घाटन गर्दै अभिभावकहरूको सक्रिय सहभागिता बिना शैक्षिक सुधार सम्भव नभएको उल्लेख गरे । उनले विद्यालय, अभिभावक र सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा बुटवल प्याब्सनका अध्यक्ष मित्रहरि आचार्य, खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, प्याब्सनका सचिव भुवन प्रसाद अधिकारी, मणिमुकुन्द इगलिस बोर्डिङ स्कुलका प्राचार्य राजेश श्रेष्ठ, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनहरी प्रसाद मैनालीले अभिभावकको भूमिका, शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीको सर्वाङ्गीण विकासबारे धारणा राखेका थिए ।

कार्यक्रममा विद्यालयका प्राचार्य नर बहादुर क्षेत्रीले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने गरि शैक्षिकसंगै विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आएको बताए । वार्षिकोत्सवका अवसरमा पूर्व प्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले नृत्य, गीत, तेक्वाण्डोलगायत विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालयमा हाल ३ सय विद्यार्थीहरु अध्ययरत छन ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ७ : ५२ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज