१६ श्रावण २०८३, शनिबार | August 1, 2026

दुई समुदायबीच तनाव चर्किएपछि रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु



रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला सुरक्षा समिति रौतहटको निर्णयअनुसार शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु लागू गरिएको हो।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको हो। आदेश उल्लङ्घन गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

कर्फ्यु आदेशअनुसार तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्ति आवत–जावत गर्न, भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ। कर्फ्यु लागू गरिएका क्षेत्रहरूमा पूर्वतर्फ मुडवलवा गेट, पश्चिमतर्फ ललवैया बाँध, उत्तरतर्फ बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालय गेटसम्मको परिधि समेटिएको छ।

गौर नगरपालिका–६ सवगढामा दुई समुदायबीच पुनः झडप भएपछि स्थिति तनावग्रस्त बनेको हो। जिल्ला प्रशासन कार्यालयको पहलमा शुक्रबार साँझ दुवै पक्षबीच ६ बुँदे सहमति भएको थियो। तर, शनिबार बिहान करिब ९ बजेदेखि पुनः ढुङ्गामुढा सुरु भई अवस्था नियन्त्रणबाहिर जान थालेपछि कर्फ्यु जारी गरिएको जनाइएको छ।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजाल तथा सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी स्वयं उपस्थित भई सुरक्षा व्यवस्थाको नेतृत्व गरिरहेका छन्।

प्रशासनले सर्वसाधारणलाई संयमता अपनाउन र अफवाहमा नलाग्न आग्रह गर्दै शान्ति सुरक्षा कायम गर्न सबै पक्षसँग सहयोगको अपिल गरेको छ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  १ : १८ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको