२२ भदौ २०८३, सोमबार | September 7, 2026

एमालेको बहुमत सरकारबिना देशले निकास नपाउने : छविलाल विश्वकर्मा



देवदह । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान राष्ट्रिय समस्याको समाधान नेकपा एमालेले मात्र दिन सक्ने दाबी गरेका छन् । उनले एमालेको बहुमत सरकारबिना देशले राजनीतिक तथा आर्थिक निकास पाउन नसक्ने उल्लेख गर्दै आगामी निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए ।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ओमसतिया-१ मा एमालेको प्रचार-प्रसार कार्यालय तथा घरदैलो अभियानको उद्घाटन कार्यक्रममा बोल्दै नेता विश्वकर्माले यस्तो धारणा व्यक्त गरेका हुन् । पूर्व प्रतिनिधिसभा सदस्य समेत रहेका उनले एमाले नेतृत्वले क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण योजना अघि सारेको र ती योजनालाई पूर्णता दिन एमालेको विजय अपरिहार्य रहेको बताए ।

नेता विश्वकर्माले दशगजा क्षेत्रदेखि पाल्पा जोड्ने पूर्वाधार विकास योजनासमेत एमाले नेतृत्वले अघि बढाएको जानकारी दिँदै ती योजनाले क्षेत्रीय विकासमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त ग रे।

उक्त कार्यक्रममा बोल्दै एमालेका प्रतिनिधिसभा उम्मेदवार दधिराम न्यौपानेले कृषिको विकास नै देशको समृद्धिको प्रमुख आधार भएको बताए । उनले रुपन्देही क्षेत्र नम्बर १ मा कृषिको व्यापक सम्भावना रहेको उल्लेख गर्दै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर समग्र क्षेत्रको आर्थिक विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा एमालेका नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ६ : ४९ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा