१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसलाई दिनुस्, कांग्रेसले ‘एक्स्ट्रा अर्डिनरी’ तरिकाले काम गर्छ : सभापति थापा

२०४६ साल यता लाभको पदमा बसेका राजनीतिक ब्यक्तित्वहरुको सम्पत्ति छानविन गर्न कांग्रेसले नेतृत्व गर्ने



नेपालगन्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसलाई दिनुपर्ने बताएका छन् । उनले आगामी चुनावपछि काम गरेर देश अघि बढाउनुपर्ने बताए ।

बाँकेको जानकी गाउँपालिका–३ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सभापति थापाले मतदातालाई घरघरमा गएर रुखमा मतदानका लागि अनुरोध गर्न कार्यकर्तालाई निर्देशन दिए । बाँकेका मतदातालाई सम्बोधन गर्दै थापाले स्व सुशील कोइरालाले बनाएको संविधानको राजमार्गमा कांग्रेसको गाडी रफ्तारमा दौडाउने उल्लेख गरे । सुशासनका लागि आगामी ५ वर्षका लागि कांग्रेसले ‘एक्स्ट्रा अर्डिनरी’ तरिकाले काम गर्नुपर्ने उनको भनाइ थियो ।

विसं २०४६ पछिका भ्रष्टाचारका मुद्दा छानबिन गर्ने भन्दै सभापति थापाले हिजो गरेका गल्ति सच्याउनुपर्ने र हिजोको फोहर सफा गरिने बताए । पेटमा भोक छ, आँखामा सपना छ अनि सङ्कल्पसहित अघि बढ्ने योजना रहेको उल्लेख गर्दै सभापति थापाले पार्टी एकढिक्का रहेको र कुनै समस्या नभएको बताए ।

‘हिजो गरेका फोहोरलाई सफा गर्ने प्रतिज्ञा गरेर अघि बढेका छौं,’ सभापति थापाले भने, ‘देशलाई बनाउँछौं, कांग्रेससंग विवेक छ, सामथ्र्य छ, देश बनाउने संकल्प छ ।’

भदौ २३ र २४ को जेनजी विद्रोहपछि मुलुकमा विशिष्ट परिस्थितिमा अप्रत्याशितरुपमा निर्वाचन हुँदै गरेको भन्दै सभापति थापाले भने, ‘फेरि एउटा प्रयोग नेपालमा नगरौं, २०७४ देखि २०८२ सम्मको अवधि खेर गएको छ, मुलुकले विकास र सुशासनमा यो समयलाई प्रयोग गर्न सक्नुपथ्र्यो, तर आठ वर्षको क्षतीपूर्ति गर्नुपर्नेछ, त्यो सामथ्र्य कांग्रेसले राख्दछ ।’ गएको आठ बर्ष गति र मति दुबै ठीक नहुँदा मुलुक विकास र सुशासनको राजमार्गमा दौडिन नसकेको उनको भनाई छ ।

अबको पाँच बर्ष रोजगारी, विकास, सुशासन र समृद्धिको बर्ष बनाउने संकल्प कांग्रेसले लिएको उनको भनाई छ । सभापति थापाले २०४६ साल यता लाभको पदमा बसेका राजनीतिक ब्यक्तित्वहरुको सम्पत्ति छानविन गर्न कांग्रेसले नेतृत्व गर्ने उद्घोष समेत गरे ।

सामाजिक सञ्जालमा घृणा र उत्तेजना हाबी भइरहेको चर्चा गर्दै उनले आफूले सबै कुराको खण्डन गर्दै नहिंड्ने स्पष्ट पारे । उनले बाँके बर्दियाका पाँचै निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारलाई जिताउन आह्वान गरे । चुनाव केन्द्रित कांग्रेसका सभालाई सम्बोधन गर्ने कार्यक्रमअन्तर्गत उनी आज बाँके आइपुगेका हुन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ८ : ४८ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित