२२ भदौ २०८३, सोमबार | September 7, 2026

देवदहमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक घाइते



देवदह । देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।दुर्घटनामा देवदह-७ निवासी २८ वर्षीय सुनिल पाण्डेको मृत्यु भएको देवदह प्रहरी चौकीका इन्चार्ज भीमसेन विष्टले जानकारी दिए ।

प्रहरीका अनुसार बुटवलबाट काठमाडौं जाँदै गरेको लु प्र ०१-००१ ख ०८१६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु ९२ प ७९९० नम्बरको स्कुटरलाई देवदह-९ स्थित घोडाहा काँटा चोकमा ठक्कर दिएको थियो। दुर्घटना राति करिब १०:३० बजे भएको बताइएको छ ।

दुर्घटनामा परेर देवदह-५ निवासी २८ वर्षीय कृष्ण पाइजा घाइते भएका छन् । घाइते दुवै जनालाई तत्काल उद्धार गरी देवदह मेडिकल कलेज, भलुही पुर्‍याइएको थियो । उपचारकै क्रममा पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते पाइजाको देवदह मेडिकल कलेजमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ७ : ४५ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा