२६ जेष्ठ २०८३, मंगलबार | June 10, 2026

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई



काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई प्रदान गरिएको छ । पुनःनिर्माणपछि उक्त ठाउँमा ३४७ वटा कार र ७०० वटा मोटरसाइकल अट्ने क्षमता छ ।

केही दिनअघि गृह मन्त्रालय, सहरी विकास मन्त्रालयका प्रतिनिधि र महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलसहितको छलफलपछि धरहराको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी महानगरलाई प्रदान गर्ने निर्णय गरेको हो ।

छलफलले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको तत्कालीन र दीर्घकालीन परियोजना प्रारूप तयार गर्न सहरी विकास मन्त्रालय र महानगरका अधिकारीसहितको समिति गठन गर्ने निर्णय गरेको छ । कार्यवाहक प्रमुख डङ्गोलले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको दायित्व महानगरपालिकाले ग्रहण गर्ने इच्छाअनुसार जिम्मेवारी प्राप्त गरिएको बताइन् ।

“विसं २०५५ मा साविक स्थानीय निकाय हुँदा हस्तान्तरण भइसकेको संरचना स्थानीय सरकारलाई प्रदान गर्नुपर्छ भन्ने हाम्रो अनुरोध थियो । त्यसमध्ये पनि तत्काल गर्नुपर्ने काममध्ये सुरक्षित र व्यवस्थित सेवा हो”, उनले भनिन्,“सडकमा पार्किङको विकल्पमा सुन्धारा एउटा विकल्प हो । यस ठाउँलाई सुरक्षित र व्यवस्थित बनाउँदै महानगर प्रहरी बल परिचालन गरेर निःशुल्क सेवा उपलब्ध गराउने छौँ ।”

विसं २०७२ को भूकम्पले ढलेको धरहरा पुनःनिर्माणका लागि विसं २०७५ पुस १२ मा पुनःनिर्माणका लागि भूमिपूजन र शिलान्यास भएको थियो । रु तीन अर्ब ४८ करोड १६ लाख ९१ हजार २४० लागतमा यसको पुनःनिर्माण गरिएको हो । धरहरा ७९ दशमलव दुई मिटर अग्लो छ । बाहिरबाट ११ तला देखिने धरहराको भित्र २२ तला रहेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ८ : ५३ बजे

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी

पोखरा । पर्यटनको राजधानी पोखरा महानगरपालिका, धार्मिक तथा सांस्कृतिक महत्त्व

नि:शुल्क शल्यक्रिया गरेर हनुमान महोत्सव

नेपालगन्ज । जेठ महिनाको अन्तिम मंगलवार अर्थात हनुमान महोत्सवको अवसरमा

पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ

काठमाडौं । प्रहरीले आज पशुपतिनाथ मन्दिर क्षेत्रमा सुनको सिक्री लुटपाट

कर हेरफेर र ईभी गाडी आयातमा अनियमितता नभएको अर्थ मन्त्रालयको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले आर्थिक विधेयक संशोधन