२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार



काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरेको कतारको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । कतारको राजधानी दोहाको दक्षिणपश्चिममा अवस्थित अल उदैद एयर बेस मध्यपूर्व क्षेत्रमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डामध्ये एक हो ।

कतारको रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यअनुसार मंगलबार राति इरानबाट प्रहार गरिएका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र कतारतर्फ लक्षित थिए । तीमध्ये एउटा क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले बीचमै निष्क्रिय पारेको र अर्को अल उदैद सैन्य अड्डा क्षेत्रमा खसेको जनाइएको छ ।

घटनाबाट कुनै मानवीय क्षति नभएको मन्त्रालयले स्पष्ट पारेको छ । यद्यपि भौतिक क्षतिको विवरण भने सार्वजनिक गरिएको छैन ।

कतारी सशस्त्र बलसँग देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउने पूर्ण क्षमता रहेको उल्लेख गर्दै मन्त्रालयले कुनै पनि बाह्य खतराप्रति कडा जवाफ दिन तयार रहेको जनाएको छ ।

यसैबीच मन्त्रालयले नागरिक, आवासीय विदेशी तथा आगन्तुकलाई शान्त रहन, आधिकारिक निर्देशन पालना गर्न तथा अपुष्ट हल्लाको सट्टा प्रमाणित सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ८ : २८ बजे

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र