५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत



काठमाडौं । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका झापालगायत कोशी प्रदेशका सबै निर्वाचन क्षेत्रमा भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ ।

कोशी प्रदेशका २८ वटै निर्वाचन क्षेत्रमा एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आवश्यक सहयोग र समन्वयमा सुरक्षा व्यवस्था मजबुत तुल्याइएको उक्त प्रदेशका सुरक्षा अङ्गका प्रमुखहरुले बताउएका छन् । उनीहरुले समयमै मतदानस्थलमा पुगेर निर्धक्क मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।

नेपाली सेनाका पूर्वी पृतनापति एवं उपरथी गौरवकुमार केसीले रासससँगको कुराकानीमा सेना अन्य सुरक्षा निकायसँगको समन्वय र प्रभावकारी सुरक्षा व्यवस्थापनमा खटिएको बताए । उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन कोशी प्रदेशको सुरक्षा व्यवस्था मजबुत बनाइएको बताए ।

सुरक्षा निकायसँगको समन्वय र सहकार्यमा निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गराउन पूर्वी पृतना कटिबद्ध रहेको उपरथी केसीले जानकारी दिए ।

प्रदेशका १४ वटै जिल्लामा अस्थाई बेस स्थापना गरी पैदल तथा मोबाइल गस्ती सञ्चालन, बम डिस्पोजल टोली परिचालन तथा तैनाथी, संवेदनशील स्थानमा विशेष फौजको तैनाथी र सुरक्षा अवस्थालाई थप मजबुत बनाउन हवाई गस्ती तथा ड्रोनमार्फत निगरानी बढाइएको सेनाले जनाएको छ ।

सशस्त्र प्रहरी बलसँगको सहकार्यमा निर्वाचनको मौन अवधिमा सीमा क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन पैदल तथा मोबाइल गस्ती बढाइएको छ । आकस्मिक उद्धार तथा सम्भावित संवेदनशील अवस्थामा खटिन हेलिकप्टर तथा हवाइजहाजलाई इटहरी र विराटनगरमा तयारी अवस्थामा राखिएको सेनाको भनाइ छ ।

कोशी प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सबै निर्वाचन क्षेत्रमा एकीकृत सुरक्षा योजनाअनुसार चारवटै सुरक्षा निकाय खटिएको बताउनुभयो । “सबै ठाउँमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त र मजबुत छ । मतदानमा भाग लिन मतदाताले कुनै डरत्रास मान्नुपर्दैन”, उनले भने, “सुरक्षामा कुनै कमजोरी हुँदैन । निर्धक्क भई मतदान गर्नुस् ।”

सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले सुरक्षामा कुनै सम्झौता नगर्ने गरी गस्ती भइरहेको जानकारी दिए । उनले सीमावर्ती क्षेत्रमा कडाइ गरिएको र भयरहित वातावरणमा मतदानको सुरक्षा सुनिश्चिता गरिसकेको स्पष्ट पारे ।

सशस्त्र प्रहरी बलले सो प्रदेशमा सबै निर्वाचन क्षेत्रमा आवश्यक जनशक्ति परिचालित गरिएको जनाएको छ । सुरक्षा व्यवस्थापनका लागि ‘हेडक्वार्टर’ र कोशी प्रदेशस्तरीय सुरक्षा समितिबाट प्रहरी टोली परिचालन गरिएको छ ।
रासस

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ५ : २५ बजे

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२÷८३

एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज । प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

गण्डकी । जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट

कर्मचारी आचरण र सेवा प्रवाह व्यवस्थित गर्न श्रम मन्त्रालयद्वारा नयाँ आचारसंहिता लागू

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत

अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्नेलाई कारबाही गरिने

जुम्ला । जिल्ला प्रशासन कार्यालयले नदीमा अवैध रुपमा गिट्टी, बालुवा