४ पुस २०८२, शुक्रबार | December 19, 2025

गाउँपालिकाको एम्बुलेन्स तोडफोड



बझाङ । मष्टा गाउँपालिकाको एम्बुलेन्स तोडफोड गरिएको छ ।

जिल्ला अस्पताल सिमखेतबाट आइतबार मष्टा ५ किनाडाकी ५३ वर्षीया झिगीदेवी कठायतलाई दमले मुटुमा असर पारेकाले अपराह्न ४ बजेतिर नेपालगञ्जतर्फ लैजाँदै गर्दा बाटामै मृत्यु भएको र बीच बाटाबाटै फर्किँदा सुनिकोटमा स्थानीयवासीले आक्रोशमा आएर राति १२ बजे एम्बुलेन्स तोडफोड गर्नाका साथै आफूलाई ज्यान मार्ने धम्कीसहित दुव्र्यवहार गरेको चालक नवराज खड्काले बताए ।

उक्त एम्बुलेन्स तोडफोड गरेको भनी जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक यातायात तोडफोड तथा दुव्र्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको छ भने मष्टा ६ घर भएका चक्र बोहोरालाई चैनपुर बजारबाट प्रहरीले गिरफ्तार गरेको छ ।

उक्त घटनामा संलग्न भनिएका अन्यको खोजी भइरहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकेन्द्रसिंह कार्कीले जानकारी दिए । रासस

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ६ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको