१० भदौ २०८३, बुधबार | August 26, 2026

तनहुँ-१ मा रास्वपाको अग्रता कायमै



दमौली । तनहुँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अग्रता कायमै छ ।

मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार बिहान ११ बजेसम्मको प्राप्त परिणामअनुसार रास्वपाका डा स्वर्णिम वाग्लेले दुई हजार ९२८ मत प्राप्त गरेका छन्

यहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराईले एक हजार ६५७ र नेकपा (एमाले)का भगवती न्यौपानेले एक हजार १०१ प्राप्त गरेकाछन्। यस्तै, नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले ३२३, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले ८६ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा देवघाट गाउँपालिकाको छ हजार ५६६ मतगणना भएकामा छ हजार २३४ मत सदर भएको छ ।

यस क्षेत्रमा कुल एक लाख २६ हजार ८८२ मतदाता रहेकामा ६८ हजार १२९ मत खसेको थियो । यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी १६ जना प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : ११ बजे

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका

अफवाहको पछि नलागि उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी