२१ बैशाख २०८३, सोमबार | May 4, 2026

हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी



काठमाडौं । बिहीबार मतदान भई हेलिकप्टरबाट मतपत्र ढुवानी गर्नुपर्ने हिमाली क्षेत्रका १५ जिल्लामध्ये तीन जिल्लाको ढुवानी हुन अझै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

खराब मौसमका कारण अहिलेसम्म सङ्खुवासभा, डोल्पा र गोरखा गरी तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी रहेको हो । तीन जिल्लाका हिमाली भेगका मतदान केन्द्रका मतपत्र हेलिकप्टरबाट ढुवानी गर्नुपर्नेमा बिहीबार बेलुकीदेखि नै मौसमका कारण सम्भव हुन नसकेको जानकारी प्राप्त भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।

मौसमले साथ दिएसम्म तीनवटै जिल्लाको मतपत्र आजै निर्वाचन अधिकृतको कार्यालयमा लैजाने गरी तयारी भइरहेको छ । मतपत्र ढुवानी भइसकेपछि तीनैवटा जिल्लाको मतगणना सुरु हुनेछ ।

यस्तै, स्याङ्जा, दोलखा र धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ को मतगणना कानुनबमोजिम अघि बढाउन आयोगले निर्देशन दिएको जनाइएको छ ।

धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ को घण्टी चुनाव चिह्नमा खसेको मत छुट्याएर राखी मतगणना गर्न आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको जनाइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ३ : २९ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,