१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

सङ्खुवासभामा मतगणनाका सुरु



सङ्खुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका सुरु भएको छ । जिल्ला समन्वय समितिको हलमा आज दिउँसो १ बजेदेखि मतगणनाका सुरु गरिएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।

जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा मादी नगरपालिकाबाट मतगणनाका सुरु गरिएको छ । दिउँसो १२ः१५ बजेदेखि सुरु हुने भनिएको गणना केही समय ढिला भएर थालिएको हो ।

दुर्गम तथा विकट मानिने भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रको मतपेटिका ढिला आइपुगेका कारण मतगणना आज मात्रै सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक अस्थायीसहित १६५ मतदान केन्द्र रहेको जिल्लाका १२४ मतदान केन्द्रको मतपेटिका सडकमार्ग हुँदै मतपेटिका सङ्कलन गरिएको हो ।

मतगणनास्थलमा सिसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था छ । मतपेटिकालाई जिल्ला समन्वय समितिको भवनमा कडा सुरक्षाबीच राखिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १ : ४० बजे

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने