२२ भदौ २०८३, सोमबार | September 7, 2026

प्रतिनिधिसभा निर्वाचन मतगणना अपडेट : रुपन्देहीका पाँचवटै क्षेत्रमा रास्वपा अग्रस्थानमा



बुटवल । रुपन्देहीका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनाको पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू अग्रस्थानमा रहेका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा हालसम्मको मतगणनामा रास्वपाका उम्मेदवारहरूले अन्य दलका उम्मेदवारलाई पछि पार्दै सबै निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार रुपन्देही १ मा रास्वपाका उम्मेदवार सुनिल लम्साल १४ हजार ८२४ मतका साथ अग्रस्थानमा रहेका छन्। उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रज्वल बोहराले ४ हजार ४१४ मतका साथ पछ्याइरहेका छन् ।

रुपन्देही-२ मा रास्वपाका उम्मेदवार सुलभ खरेल ३२ हजार १८८ मतका साथ अग्रस्थानमा छन् । उनलाई नेकपा (एमाले) का विष्णुप्रसाद पौडेलले ६ हजार ८४९ मतका साथ पछ्याइरहेका छन् ।

रुपन्देही-३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा २६ हजार २७३ मतका साथ अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका सुशील गुरुङ ३ हजार ७९३ मतका साथ दोस्रो स्थानमा रहेका छन् ।

रुपन्देही-४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ १६ हजार ९५१ मतका साथ अग्रस्थानमा छन् । उनलाई एमालेका प्रमोदकुमार यादवले १४ हजार ९४४ मतका साथ पछ्याइरहेका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए ।

रुपन्देही-५ मा रास्वपाका उम्मेदवार तौफिक अहमद खान १४ हजार ५३ मतका साथ अग्रस्थानमा छन् । उनलाई एमालेका खिमलाल भट्टराईले चार हजार ९२८ मतका साथ पछ्याइरहेका छन् । जिल्लामा मतगणना शान्तिपूर्ण रूपमा जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ६ : ४६ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा