३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार केपी शर्मा ओलीले सोही निर्वाचन क्षेत्रबाट विजयी भएका बालेन्द्र शाहलाई बालेन्द्र शाहलाई बधाई दिएका छन् ।

एमालेबाट प्रधानमन्त्रीमा समेत प्रस्ताव गरिएका ओलीले सामाजिक सञ्जालमार्फत बालेन्द्रलाई बधाई तथा शुभकामना दिएका हुन् । उनले बालेन्द्रलाई पाँच वर्षे कार्यकाल निर्विघ्न सफर रहोस भनेर कामना गरेका छन् ।

ओलीले लेखेका छन्, “बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्  ! हार्दिक शुभकामना”

झापा-५ को निर्वाचन यसपटक निकै चासोका साथ हेरिएको प्रतिस्पर्धा मानिएको थियो। राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रूपमा कहलिएका ओली र काठमाडौं महानगरपालिकाका मेयरसमेत रहेका शाहबीचको प्रतिस्पर्धाले यो क्षेत्रलाई देशव्यापी चर्चाको केन्द्र बनाएको थियो।

बालेन्द्र प्रधानमन्त्रीका उम्मेदवार हुन् । अब उनी रास्वपाको दुई तिहाई बहुमतको बलमा प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ८ : २२ बजे

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका