२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

पराजयको नैतिक जिम्मेवारी लिँदै कांग्रेस सभापति गगन थापा राजीनामा दिने सोचमा



काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेपछि कांग्रेस सभापति गगन थापाले राजीनामा दिने सोच बनाएका छन् ।

थापाले आज साँझ उपसभापति विश्वप्रकाश शर्मासँग भेट गरी पदबाट राजीनामा दिने सोच बनाएको बताएका हुन् । स्रोतका अनुसार प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पनि अपेक्षित सफलता हासिल गर्न नसकेमा नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने मनस्थितिबारे उपसभापति शर्मासँग थापाले कुराकानी गरेका हुन्। तर उपसभापति शर्माले भने अहिलेको अवस्थामा राजीनामा दिन नहुने सुझाव दिएका छन्। शर्माले निर्वाचन परिणामलाई केवल कुनै एक व्यक्तिको कमजोरीका रूपमा हेर्न नहुने धारणा राखेका छन्। उनले यो परिणाम समग्र राजनीतिक परिस्थितिको उपज भएको भन्दै थापालाई सम्झाएका छन् ।

शर्माले नयाँ कार्यसमिति गठन भएको पाँच दिनमै उम्मेदवारी दर्ता भएको र करिब ५० दिनमै निर्वाचन सम्पन्न भएको अवस्थालाई पनि ध्यान दिनुपर्ने बताएका छन्। यस्तो अवस्थामा तत्काल राजीनामा भन्दा पनि परिणामको सूक्ष्म समीक्षा गर्दै पार्टीलाई सम्हालेर अघि बढ्नु उपयुक्त हुने उनको सुझाव रहेको बताइएको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ८ : ०५ बजे

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई