११ भदौ २०८३, बिहिबार | August 27, 2026

गगन थापालाई गोपालमान श्रेष्ठको सुझाव – “राजीनामाले पार्टी र देशलाई हित गर्दैन”



काठमाडौं । नेपाली कांग्रेसका पाका नेता गोपालमान श्रेष्ठले गगन थापालाई सभापतिबाट राजीनामा नदिन सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत गएराति आफ्नो धारणा सार्वजनिक गर्दै नेता श्रेष्ठले थापालाई राजीनामा दिन सुझाव दिएका हुन् । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन परिणामपछि उपसभापति विश्वप्रकाश शर्मालाई भेटेर राजीनामा दिने बताएका थिए ।

“यस कठिन घडीमा राजीनामा ल्याउनु वा राजीनामा गर्नुले पार्टी र देश दुवैका लागि हितकर हुँदैन,” भन्दै श्रेष्ठले थापालाई समर्थन जनाएका हुन्। उनले कांग्रेसभित्र सबै नेता–कार्यकर्ता एकढिक्का भएर थापालाई साथ दिनुपर्ने पनि उल्लेख गरेका छन्।

श्रेष्ठले थापाको साहस, दृष्टि र युवालाई प्रेरित गर्ने क्षमताले पार्टीभित्र आशा र ऊर्जा पैदा गरेको भन्दै उनको नेतृत्वमा कांग्रेसले नयाँ दिशा लिन सक्ने विश्वास व्यक्त गरेका छन्।

श्रेष्ठले लेखेका छन्, “यस निर्वाचनले नेपाली कांग्रेसलाई समयसापेक्ष बन्ने, युवाहरूको आकांक्षा आत्मसात गर्ने, र संगठनात्मक रुपान्तरण गर्ने गहिरो सन्देश दिएको छ। यो नेतृत्वको असफलता मात्र होइन, जनताको परिवर्तनको चाहनाअनुरूप कांग्रेसलाई पूर्ण रुपान्तरण गर्न नसकिएको चेतावनी पनि हो। अब निर्वाचनको सिकाइलाई आत्मसात गर्दै वडा तहदेखि गाउँ, नगर, क्षेत्र, जिल्ला र केन्द्रसम्म संगठन सुदृढीकरण गर्ने संकल्पका साथ अघि बढ्नु अपरिहार्य छ।”

संघीय संसद निर्वाचनको अपेक्षित परिणाम आउन नसकेपछि थापाले नेतृत्वको जिम्मेवारीबारे पुनर्विचार गर्ने संकेत दिएसँगै कांग्रेसभित्र राजीनामा दिने वा नदिने विषयमा बहस भइरहेको छ।

श्रेष्ठसहित विभिन्न नेताहरूले थापालाई राजीनामा नदिन सुझाव दिँदै पार्टीलाई पुनः संगठित गर्दै अघि बढ्न आग्रह गरिरहेका छन्।

श्रेष्ठले भनेका छन्, “गगन बाबु, तपाईंले देखाएको साहस, दृष्टि, र युवाहरूलाई प्रेरित गर्ने क्षमताले हामीलाई अझै दृढ बनाएको छ। यस कठिन घडीमा राजीनामा ल्याउनु वा राजीनीमा गर्नुले पार्टी र देश दुवैका लागि हितकर हुँदैन। बरु, हामी सबै कांग्रेसीजनहरू एकढिक्का भएर तपाईंलाई साथ दिनु आवश्यक छ। तपाईंको नेतृत्वमा हामीले नयाँ ऊर्जा, नयाँ आशा, र नयाँ रुपान्तरणको बाटो देखिरहेका छौं।”

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ९ : २१ बजे

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

त्रिशूली । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा

टप एण्ड टी–२० सिरिजः आज हैदराबादसँग खेल्दै नेपाल ‘ए’

काठमाडौं । अष्ट्रेलियमा भइरहेको टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’

आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट