१६ असार २०८३, मंगलबार | June 30, 2026

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि



काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ ।

निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार विशेष उद्धार उडानमार्फत दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइएको हो ।

विशेष उद्धार उडानको सो विमानमार्फत काठमाडौं विमानस्थलमा अलपत्र परेका २६० जना यात्रीलाई दुबई विमानस्थलसम्म पुर्याइएको थियो ।

आज पनि यहाँबाट २६७ जना यात्री लिएर निगमको विमान दुबई प्रस्थान गर्ने र त्यहाँबाट १६४ जना नेपालीलाई स्वदेश ल्याइने प्रवक्ता पुनले जानकारी दिए ।

यही फागुन १६ गतेदेखि पश्चिम एसियाको आकाशमा उडान निषेध भएपछि उद्धार उडान थालिएको हो । अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमा हवाई आक्रमण गरेपछि पश्चिम एसियाली मुलुकमा उडान बन्द भएको हो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ८ : ४२ बजे

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी

नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट

राजधानी दैनिकका तत्कालीन सम्पादक मिश्रलाई चार महिना कैद

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले गाली बेइज्जती मुद्दामा राजधानी दैनिकका

महान्यायाधिवक्ता कँडेल नेपाल-बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल नेपालबाट बेलायत

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग