२९ भदौ २०८३, सोमबार | September 15, 2026

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी अध्यक्षका उम्मेदवार डा. हेमराज शर्माले दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालप्रति आकर्षित गर्न आफ्ना एजेण्डा अघि सारेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औ अधिवेशन तथा विश्व सम्मेलनको ‘दोस्रो पुस्ताका युवा र सांस्कृतिक उत्तरदायित्व (सेकेण्ड जेनेरेसन युथ र कल्चरल रेस्पोन्सबिलिटी)’ सत्रमा वक्ताको रुपमा आफ्नो धारणा राख्दै शर्माले दोस्रो पुस्तालाई कनेक्ट गर्न एनआरएनमै युथ कोर्डिनेटर तोक्ने योजना सुनाए ।

यसैगरी प्रवासी नेपालीका बच्चालाई समरमा एक महिनाको विदा कार्यक्रम बनाएर नेपाल पठाउने उनले सुनाए । यसमा एक हप्ता बाबुआमासँग, एक हप्ता मन्दिर, एक हप्ता आफ्नो विज्ञता भएको काम र एक हप्ता फ्रि छोडिदिने गरी कार्यक्रम बनाइने उनले सुनाए ।

अर्को दोस्रो पुस्ता जोड्ने स्पोर्टस पनि भएको उनले बताए । ुएनआरएनए लिग सबै देशमा गराउन सकियो भने यहाँको राष्ट्रिय लिगमा सहभागी गराउने बाटो खुल्छ । नागरिकताको व्यवस्था भयो भने कार्यस्थल देशबाट राष्ट्रिय टिममा सहभागी हुनसक्छ,ु उनले भने ।

शर्माले दोस्रो पुस्तालाई एनआरएनएले नेपाली भाषा पढाउन डिजिटल कोर्स बनाउने योजना उनले सुनाए । यी विविध विषयहरुमा मार्फत दोस्रो पुस्ता जोड्ने उनको भनाइ छ ।

शर्माले म्यानमारमा पाँचौ पुस्तासम्म दुरुस्तै भाषा संस्कृति पुस्तान्तरण भएको तर युरोपियन देशमा त्यसो गर्न नसकिएको भन्दै विविध किसिमले सकेसम्म नेपाल चिनाउन लागिरहेको बताए ।

नेपाल सरकारले विदेशमा पढेका नेपाली युवाहरुलाई फर्काउनेगरी सोच्नुपर्ने पनि बताए ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १० : ०१ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ