२१ बैशाख २०८३, सोमबार | May 4, 2026

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन रास्वपा सांसदहरूलाई रविको निर्देशन



ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा जनताले दिएको अभिमतलाई सम्मान गर्दै देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई निर्देशन दिएका छन् ।

रास्वपाद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा सभापति लामिछानेले सार्वजनिक रूपमा जथाभावी अभिव्यक्ति दिने र प्राप्त अभिमतलाई मनोरञ्जनका रूपमा लिने छुट कसैलाई नरहेको स्पष्ट गरे ।

“सञ्चारमाध्यममा विचार गरेर बोल्नुस् । बोल्दाखेरी वैदेशिक सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्नेसमेत सोचेर जिम्मेवार भएर बोल्नुस् । नागरिकसँगको सम्पर्कलाई बलियो बनाउनुस्”, उनले भने, “हामीले नागरिकसँग गरेका करारपत्रलाई राम्रोसँग पढ्नुहोला । हामीमाथि देश बनाउने, देशमा परिवर्तन गर्ने जिम्मेवारी छ । जनताले दिएको अभिमतको पूर्णसम्मान गर्दै सकारात्मक परिवर्तनका पक्षमा लाग्नुछ ।”

त्यसअवसरमा लामिछानेले आफूहरू वर्तमान संविधानप्रति प्रतिबद्ध रहेको बताए । उनले शासकीय स्वरुपमा भने केही न केही सुधार गर्न आवश्यक रहेको धारण राखे । उनले पुराना नेताहरूले मुलुकमा पुर्‍याएको योगदानलाई नजरअन्दाज गर्न नहुने समेत बताए ।

 

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ३ : ४८ बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र