१० भदौ २०८३, बुधबार | August 27, 2026

होर्मुज जलमार्गबाट इरानी सुरक्षाकर्मीले पक्राउ गरेका नेपाली अमृत झा रहेको पुष्टि



काठमाडौं । इरानको सुरक्षा निकायले होर्मुज जलडमरु क्षेत्रमा पक्राउ गरेको नेपाली नागरिकको पहिचान खुलेको छ। परराष्ट्र मन्त्रालयका अनुसार पक्राउ पर्ने व्यक्ति पानीजहाजमा कार्यरत अमृत झा रहेको जनाइएको छ।

इरानी सुरक्षा निकायले होर्मुज जलमार्गबाट अमृत झा नाम गरेका एक नेपालीलाई नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयअन्तर्गत मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले बताएका छन् ।

यसैबीच, इरानमा रहेका थप चार जना नेपाली सम्पर्कमा आएको मन्त्रालयले जनाएको छ। यसअघि त्यहाँ ६ जना नेपाली रहेको जानकारी रहेकामा अहिले थप चार जना सम्पर्कमा आएपछि कुल १० जना नेपाली रहेको पुष्टि भएको हो। उनीहरू सबै सुरक्षित रहेको मन्त्रालयले जनाएको छ।

महाशाखा प्रमुख खड्काका अनुसार ती १० जनाले भारतीय नागरिकको उद्धारका लागि पठाउने जहाजमार्फत स्वदेश फर्किन नाम दर्ता गराएका छन्।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ५ : ४९ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट