२४ आश्विन २०८३, शनिबार | October 10, 2026

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन



काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान हक र समान अधिकारका लागि एकीकृत दलित आन्दोलन, समाजवादको आधार निर्माणको लागि संविधान संशोधन’ देशका विभिन्न भागमा विविध कार्यक्रम गरी मनाइँदै छ ।

आज साँझ माइतीघरमण्डलमा दीप प्रज्ज्वलनको कार्यक्रम छ । त्यसैगरी आज बिहान यहाँ र्‍याली आयोजना गरिएको थियो । राष्ट्रिय दलित आयोग र दलित सङ्घसंस्थाले आज ‘दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी पहिचान’ शीर्षकमा छलफल पनि कार्यक्रमको आयोजना गरेको छ ।

नेपालमा दलित समुदायमाथि हुने जातीय भेदभाव तथा छुवाछूत अझै कायम रहेको गुनासो दलित समुदायका अगुवाहरुले गरेका छन् ।

यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचित गणेश विकले इनिषा विक प्रकरणलगायत देशका विभिन्न स्थानमा भएका घटनाको छानविन गरी दोषीमाथि कारबाहीका लागि माग गर्दै यस्ता घटना हुन नदिने अवस्था सिर्जना गर्न निरन्तर सङ्घर्षमा लामबद्ध हुन सम्बद्ध सबैलाई आह्वान गरेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  १ : ०७ बजे

पहिरोका कारण म्याग्दीको महभिर गाउँ विस्थापित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा रहेको महभिर गाउँ पहिरोका

भौतिक विकासले फेरिँदै भोजपुरको च्याङ्ग्रे क्षेत्र

भोजपुर । भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ । बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक

नागरिकको विश्वास जित्नेगरी कांग्रेसलाई रूपान्तरण गर्छौं : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास

एमाले स्थायी कमिटी बैठकका सात निर्णय, १३ जना केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । नेकपा एमालेको तीन दिनसम्म चलेको पहिलो स्थायी कमिटी