१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित



नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान पर्व इदको सामूहिक नमाज पढ्ने कार्य प्रभावित गरेको छ ।

ईदको अवसरमा नेपालगन्ज क्षेत्रका मुस्लिम समुदायले स्थानीय विपी चोकमा रहेको ईदगाहमा पुगेर हरेक वर्ष सामुहिक रुपमा नवाज पढ्ने गरेपनि आज बिहानैबाट परेकाृ वर्षाका कारण इदको नमाज प्रभावित बनेको होर्छन् । यसपटकको ईदमा शनिबार बिहानैदेखी वर्षा भएकाले मुस्लिम समुदायको न्युन उपस्थितिमा सामुहिक रूपमा नमाज पढिएको छ ।

वर्षाले प्रभावित गरेपछि दिउँसो अन्य मज्दिजहरुमा पनि सामुहिक नमाज पढ्ने ब्यवस्था मिलाइएको धर्मगुरुले बताएका छन । मुस्लिम समुदायले शनिबार देशभर विशेष नमाज पाठ गरी ईदुल फित्र पर्व मनाईरहेछन् ।

इद पर्बमा आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन रहेको छ । खुशीपूर्वक गरिबलाई (जकात) दान गरिने भएकाले यो पर्वलाई इदुल फित्र भनिएको हो ।

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुल फित्र मनाउने कार्यक्रम तय हुन्छ । एक महिना कठोर ब्रत(रोजा) बसेपछि महिनादिन पूरा भएको पहिलो चाँद हरेर पर्व मनाउने गरिन्छ । यो पर्बको अर्को उल्लेखनीय पक्ष गरिबलाई दान दिनु पनि हो ।

फोटो : आलम खान

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  १ : ५४ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को