२३ बैशाख २०८३, बुधबार | May 6, 2026

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु



पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। दुर्घटनाबाट एकजना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-४ सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनारको मात्र सनाखत भएको र अन्य दुईजनाको सनाखत नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट तानसेन नगरपालिका-१० पटुवाका ३३ वर्षीय राजन चिदी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए।

प्रहरी नायब उपरीक्षक चौधरीका अनुसार माथागढी गाउँपालिकाको झडेवाबाट रहबास चुन ढुंगा खानीतर्फ जाँदै गरेको लु२ख ४५२५ नम्बरको टिपर माथागढी गाउँपालिका-७ रहबास स्थित झडेवा रहबास भित्री कच्ची सडकखण्डमा आज बेलुकी ६ बजे दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदा चिकित्सकले तीनजनालाई मृत घोषणा गरेका डीएसपी चौधरीले बताए। गम्भीर घाइते चिडी मगरको सोही अस्पतालमा उपचार भइरहेको छ।

टिपर सडकभन्दा ५० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ९ : ५८ बजे

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन

वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै

बुटवल । होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल

कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको