२१ भदौ २०८३, आइतबार | September 7, 2026

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम



बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै निःशुल्क सुशी (जापानी परिकार) बनाउने तालिम सञ्चालन गरिएको छ । जापान पुगेपछि तत्काल रोजगारी नपाउने चिन्ताले धेरै विद्यार्थीहरू मानसिक दबाबमा रहने समस्या देखिएकाले त्यसलाई कम गर्ने उद्देश्यले यस्तो तालिम आयोजना गरिएको हो ।

काईजन एब्रोडले जापानी भाषा शिक्षासँगै व्यावहारिक सीप विकासलाई जोड दिँदै सुशी बनाउने तालिम सञ्चालन गरेको हो । यसमार्फत विद्यार्थीहरूलाई भाषा मात्र नभई सीपमा पनि सक्षम बनाई जापानको कार्य वातावरणका लागि तयार पार्ने लक्ष्य राखिएको छ ।

कार्यक्रमअन्तर्गत सहभागी विद्यार्थीहरूलाई सात दिनसम्म गहन तालिम प्रदान गरिएको थियो । तालिमका प्रशिक्षक सङ्ग्यात श्रेष्ठले सुशी बनाउने विधि, कार्य अनुशासन तथा जापानी कार्यसंस्कृतिबारे प्रशिक्षण दिएका थिए ।

यस प्रकारको पहलले जापान जाने विद्यार्थीहरूको आत्मविश्वास बढाउने र उनीहरूलाई रोजगारीका अवसर प्राप्त गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  १ : ४३ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त