१० भदौ २०८३, बुधबार | August 26, 2026

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श



काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक सभापति’का हैसियतबाट विज्ञप्ति जारी गरेपछि कांग्रेसको संस्थापन पक्षले खड्कालाई कारवाही गर्ने सम्बनधमा परामर्श थालेको छ ।

शनिबार बिहान नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकलाई गिरफ्तार गरेको विरोधमा खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति निकालेका थिए।

पार्टीको संस्थागत निर्णयभन्दा बाहिर गएर खड्काले विज्ञप्ति निकालेको ठहर गर्दै कांग्रेस नेताहरुले उनलाई गरिने कारवाही बारे परामर्श सुरु गरेका हुन् ।

खड्काले कार्यवाहक सभापतिको रूपमा विज्ञप्ति निकाल्ने कुरा पार्टी अनुशासन बाहिरको विषय भएको कांग्रेस महामन्त्री गुरुराज घिमिरेले बताए ।

खड्काले निकालेको विज्ञप्तिका शनिबार साँझ फोनमा सामान्य कुराकानी भएको घिमिरेले बताए । उनका अनुसार आज पदाधिकारीको बैठक बसेर त्यस विषयमा धारणा बनाइने छ ।

खड्काको क्रियाशील सदस्यता अद्यावधिक नगर्ने सम्मको छलफल हुन सक्ने कांग्रेसका एक नेताले बताए । बारेमा छलफल हुन्छ,’ उनले भने।

कांग्रेसले क्रियाशील सदस्यता सबैले अद्यावधिक गर्ने निर्णय गरेको छ। विशेष महाधिवेशनबाट आएको कांग्रेस नेतृत्वले क्रियाशील सदस्यता सबैले अद्यावधिक गर्ने निर्णय गरेको छ । कांग्रेसका नेतादेखि कार्यकर्ता सबैले क्रियाशील सदस्यता पुनस् लिनुपर्ने विधि बनाएको छ । यद्देपी वडाबाट सदस्यता अध्यावधिको सिफारिस गर्ने कार्यबिधि भएपनि केन्द्रले अध्यावधिक नगर्ने वा खारेज गर्न सक्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ११ : २३ बजे

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी

भोटेकोशी बाढीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विपद् व्यवस्थापन परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको भोटेकोशी बाढीबाट उत्पन्न

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीले

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको