५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ



काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित शर्मा आइतबार मध्यराति धुम्बराहीबाट पक्राउ परेकी हुन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राख्दै बालबालिकाविरुद्धको कसुर गरेको आरोप लागेको छ । यसअघि बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर रहेका बेला उनको घरबाट एक बालिकाको उद्धार गरिएको थियो ।

उक्त घटनाबारे शाहले २०८१ माघ २९ गते सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पीडित बालिकालाई हौसला प्रदान गरेका थिए । उनले बालबालिकामाथि हुने विभेद र अपराध अन्त्यका लागि शिक्षा र सामाजिक चेतनाको आवश्यकता रहेको उल्लेख गरेका थिए ।

स्रोतका अनुसार शर्मा पक्राउ प्रकरण प्रधानमन्त्री बनेलगत्तै अघि बढाइएको हो । साथै उनलाई पक्राउ गर्दा औपचारिक पक्राउ पुर्जीसमेत नदिइएको दाबी गरिएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ५ : ३४ बजे

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजार भन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को