६ श्रावण २०८३, बुधबार | July 22, 2026

घोराही–लमही सडक विस्तार थालियो



दाङ । यहाँको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरुआत भएको छ । अहिले मोड र साँघुरो स्थानमा खुला गर्ने काम भइरहे पनि चारलेन सडककै रूपमा विकास भइरहेको हो । चालु आर्थिक वर्षमै सडक विस्तारको काम सक्नेगरी काम भइरहेको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए । यसअघि साँघुरो सडकका कारण धेरै सवारी दुर्घटना हुँदै आएका थिए । अब भने दुर्घटनाको जोखिम बढिरहेको समयमा सडक विस्तारसँगै मोड सुधारले यातायातका साधन सञ्चालनमा सहजता हुने अपेक्षा गरिएको छ ।

लमही–घोराही सडकखण्डका जोखिमपूर्ण मोडहरू कटान गरेर गाडी सञ्चालन हुँदा दुवैतर्फको सडक देखिने सडक विस्तारको काम भइरहेको कार्यालय प्रमुख विष्टले बताए । साँघुरा स्थानमा सडकको चौडाइ बढाउने र बढ्दो सवारी चापलाई व्यवस्थित बनाउँदै आवागमन सहज बनाउने उद्देश्यअनुसार माटो कटिङदेखि काट्न नमिल्ने ठाउँमा पर्खाल निर्माण गरेर सडक बढाउने काम भइरहेको छ । सडकलाई फराकिलो बनाउनेगरी विस्तारको काम भइरहेको जनाउँदै उनले भने, “लमही–घोराही सडकलाई खुला गर्नेगरी सडक विस्तारको काम भइरहेको छ ।”

घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीदेखि लमही नगरपालिका–६ अर्जुनखोलासम्मको करिब १७ किलोमिटर सडकखण्डको साँघुरा स्थानलाई फराकिलो बनाउने काम भइरहेको डिभिजन सडक कार्यालयले जनाएको छ ।

सडक सुधारका लागि लमहीको अर्जुनखोलादेखि घोराहीको चौपट्टा मन्दिरसम्मको खण्डमा रु २० करोड १३ लाख ५९ हजारबराबरका तीनवटा ठेक्का सम्झौता गरी साँघुरो सडकलाई खुला बनाउने काम भइरहेको प्रमुख विष्टले जानकारी दिए ।

उनका अनुसार घोराही–लमही सडकखण्डअन्तर्गत कुइरेपानीदेखि मसोटखोलासम्मको सडकखण्ड श्री मुनाल–केवी–सुनिल एन्ड विजय जेभी दाङसँग रु १३ करोड ४६ लाख ६१ हजार र मसोटखोलादेखि अर्जुनखोलासम्मको सडकखण्ड रु छ करोड ८० लाख ९० हजारमा सडक विस्तारको काम गर्नेगरी श्री इजी–अलकापुरी जेभीसँग ठेक्का सम्झौता भएको छ । चालु आर्थिक वर्षमै सडक सुधारको काम सक्नेगरी चौपट्टादेखि अर्जुनखोलासम्मको सडकमा काम भइरहेको उनले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ११ : २४ बजे

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न