३ भदौ २०८३, बुधबार | August 19, 2026

कांग्रेस एकताका लागि महामन्त्री पौडेलको अपिल



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम राख्न सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।

सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्तमान प्रतिकूल परिस्थितिमा पार्टीभित्र विभाजन भएर कमजोर बन्न नहुने बताएका हुन्। देशका विभिन्न संकटका बेला नेपाली कांग्रेस सधैं एकजुट भएर अघि बढेको स्मरण गर्दै उनले त्यही एकताले विगतमा ऐतिहासिक परिवर्तनको नेतृत्व गर्न सम्भव भएको उल्लेख गरेका छन्।

महामन्त्री पौडेलले अहिलेको चुनौतीपूर्ण अवस्थालाई सामना गर्न पनि पार्टीभित्र एकता आवश्यक रहेको बताएका छन्। आफू महामन्त्री मात्र नभई एक इमानदार कार्यकर्ताका रूपमा सबैलाई एकजुट हुन आग्रह गरेको उनको भनाइ छ।

‘अहिलेको प्रतिकूल अवस्थामा हामी छिन्नभिन्न भएर कमजोर हुनु हुँदैन,’ उनले भनेका छन्, ‘म पार्टी महामन्त्री मात्र होइन, एक इमानदार कार्यकर्ता भएर सबैलाई एकताबद्ध हुन आग्रह गर्छु।’

उनले पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई एकतामै शक्ति निहित रहेको स्मरण गराउँदै सोही एकताको बलमा फेरि उज्यालो भविष्य निर्माण गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ११ : ०१ बजे

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार