७ कार्तिक २०८३, शनिबार | October 25, 2026

कांग्रेस नेता चन्द्र भण्डारीको प्रश्न -‘पाका नेताहरू पाका बन्नु पर्दैन र ?’



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संयमित र जिम्मेवार राजनीति गर्न पार्टीका पुराना नेताहरूलाई आग्रह गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले पार्टीभित्र देखिएका समानान्तर गतिविधि र पुराना नेताको व्यवहारप्रति असन्तुष्टि जनाउँदै संयमित र जिम्मेवार राजनीति गर्न पुराना नेताहरूलाई आग्रह गरेका हुन् ।

कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला समूहले गरेको गतिविधि प्रति लक्षित गर्दै उनले पाका नेताहरूबाट त्यस्तो गतिविधि नसुहाउने टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘झगडा राजनीति हो ? झगडा नेपालीको पहिचान हो त ? हारमा झगडा, जितमा झगडा न धैर्यता, न विधि, पाका नेताहरू पाका बन्नु पर्दैन र ?’

नेता भण्डारीले खड्का–कोइराला समूहको गतिविधिलाई गतिछाडा गतिविधिको संज्ञा समेत दिएका छन् । गलत सन्देश दिने गतिविधि पाका नेताहरूबाट हुनु दुर्भाग्यपूर्ण रहेको उनले आशय व्यक्त गरेका छन्।

नेता भण्डारीका अनुसार लोकतान्त्रिक अभ्यासभित्र विचार फरक हुनसक्छ, तर त्यसलाई झगडा र विभाजनतर्फ लैजानु गलत हो । उनले सबै नेता–कार्यकर्तालाई पार्टीको विधि र मूल्य–मान्यताभित्र रहेर जिम्मेवार ढङ्गले अघि बढ्न आह्वान गरेका छन्।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १ : ५६ बजे

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र