७ जेष्ठ २०८३, बिहिबार | May 22, 2026

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी



मोलुका । इन्डोनेसियाको मोलुका टापु आसपास बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार सुरुमा ७.८ म्याग्निच्युड मापन गरिएको उक्त भूकम्प स्थानीय समयअनुसार बिहान ६:४८ बजे गएको हो ।

भूकम्पको केन्द्रविन्दु टर्नेट सहर बाट करिब १२० किलोमिटर दूरीमा रहेको जनाइएको छ ।

भूकम्पपछि प्रशान्त सुनामी चेतावनी केन्द्रले केन्द्रविन्दुबाट करिब एक हजार किलोमिटर क्षेत्रभित्र पर्ने फिलिपिन्स र मलेसिया लगायतका तटीय क्षेत्रमा सुनामी आउन सक्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।

भूकम्पको धक्का जापान सम्म महसुस गरिएको छ । जापानी मौसम विज्ञान एजेन्सीले केही समुद्री तटहरूमा पानीको सतहमा सामान्य परिवर्तन हुन सक्ने चेतावनी जारी गरेको छ ।

यस विपत्तिमा हालसम्म उत्तर सुलावेसी को मिनाहासा क्षेत्रमा एक ७० वर्षीया महिलाको घर भत्किँदा मृत्यु भएको पुष्टि भएको छ । साथै मनाडो सहर मा भवनहरूमा क्षति पुगेको र फर्निचरहरू सडकमा छरपस्ट भएको दृश्य सार्वजनिक भएका छन् । राष्ट्रिय खेलकुद समितिको भवनसमेत क्षतिग्रस्त भएको जनाइएको छ ।

मुख्य भूकम्पपछि ५.५ र ५.२ म्याग्निच्युडका दुईवटा पराकम्प आइसकेका छन् । इन्डोनेसियाको राष्ट्रिय भूगर्भ एजेन्सीले थप शक्तिशाली पराकम्प आउन सक्ने चेतावनी दिएको छ ।

अधिकारीहरूले तटीय क्षेत्र र पहिरो जान सक्ने जोखिमयुक्त स्थानबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ८ : ०१ बजे

गण्डकीपूर्व वर्षा, नेपालगन्ज र दिपायलको तापक्रम ४१ डिग्री

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी

एमाले सचिवालय बैठक शुक्रबार बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक शुक्रबार

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा राजनीतिक दलका नेताहरुसँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका

जङ्गली च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु

तानसेन । जङ्गली च्याउ खाँदा यहाँको रम्भा गाउँपालिका–५ फलकुनमा दुई

बुटवलमा बसन्त गौचन फुटबल एकेडेमीको तेस्रो शाखा सञ्चालनमा

बुटवल । कुनै समय नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी