१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

एक करोड लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुर



म्याग्दी । रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका ५० वर्षीय हिमबहादुर छन्त्याललाई सहरबजारको सुविधायुक्त बसाइ छाडेर भेडाबाख्राको पछि लागेर लेकबेसी गर्नुपर्ने बाध्यता थिएन् ।

सुविधा, अवसर र रोजगारीको लागि गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम चलिरहेका समयमा म्याग्दीको विकट र दुर्गम क्षेत्रका रुपमा चिनने मल्कवाङका हिमबहादुर भेडाबाख्रा पालेर जङ्गल पस्नुभएको छ । “युएइमा २० वर्ष काम गरेर कमाएको पैसाले पोखरामा घरपरिवारसँगै बिलासी जीवन बिताउन पनि पुग्ने थियो,” उहाँले भन्नुभयो “आफ्नो जन्मिएको ठाउँमा पनि केही गराँै । कोही गाउँ छाडेर गए पनि कोहीले केही गर्नुपर्छ भन्ने भावनाले प्रेरित भएर जन्मथलो फर्किएर ब्यावसायिक भेडाबाख्रा पालेको हो ।”

हिमबहादुरले विदेशमा आर्जेको अनुभव र पँुजीलाई परिचालन गरेर जन्मथलोमा ‘मल्कवाङ भेडाबाख्रा फार्म’ सञ्चालन गर्नुभएको छ । उहाँका परिवार र आफन्त पोखरामा बसोबास गर्नुहुन्छ । उहाँ भने छ सय भेडा चराउँदै हिउँदमा बेसीका फाँट र बर्खामा हिमालको काँखमा घुम्ती गोठ लिएर पुग्ने गर्नुभएको छ ।

“असोजमा बेसी झारेको भेडागोठ हिउँदभरी मल्कवाङको फेदी खालीखोलामा राखे,” उहाँले भन्नुभयो “वैशाख महिनासँगै गोठ लेकतिर सार्दै साउन–भदौमा धौलागिरि हिमालको बुकी पाटनमा पु¥याउछाँै ।” सहरबजारको कोलाहल, प्रदूषण र तनाव भन्दा भेडाबाख्रासँगै लेकबेसी गर्दा रमाइलो लाग्ने हिमबहादुरले अनुभव सुनाउनुभयो ।

एक वर्षमा तीन सयको हाराहारीमा भेडाबाख्रा बिक्री गर्ने हिमबहादुरले आफू स्वरोजगार बन्नुका साथै गाउँका तीन जनालाई रोजगारी दिनुभएको छ । करिब रु एक करोड लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुरले वार्षिक रु ३० देखि ४० लाखको भेडाबाख्रा बिक्री हुने बताउनुभयो ।

मासु र पूजाआजाका लागि गोठबाटै भेडाबाख्राको खसीबोका बिक्री हुन्छन् । उत्पादन गर्न सकेमा बजारको समस्या नभएको हिमबहादुरको अनुभव छ । भेडाबाख्रालाई हिउँको चिसोबाट बचाउनका लागि धवलागिरि गाउँपालिकाले खालीखोलामा टहरा निर्माण गर्न सघाएको वडाध्यक्ष अमर छन्त्यालले बताउनुभयो ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आन्तरिक तथा बाह्य परजीवी तथा महामारीकाविरुद्ध निःशुल्क खोपको व्यवस्था मिलाएको छ । घुम्ती गोठमा भेडाबाख्राको सुरक्षाका लागि हिमबहादुरले पाँच वटा कुकुर पाल्नुभएको छ । खाद्यान्न ढुवानी गर्न दुई वटा घोडा पनिसँगै पाल्नुभएको छ । चरन क्षेत्रको कमी, वन्यजन्तुको आक्रमण र मौसममा आएको परिवर्तन भेडापालनमा चुनौती बनेको हिमबहादुरले बताउनुभयो ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  १२ : ३० बजे

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली

नेपाल-स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न

काठमाडौं । नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक बुधबार काठमाडौँमा

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी

चितवन । जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पनि पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण