२८ भदौ २०८३, आइतबार | September 13, 2026

करिब २८ अर्ब रुपैयाँ बराबर सहुलियत ऋण लिने सरकारको निर्णय



काठमाडौं । सरकारले विश्व बैंक र एशियाली विकास बैंक (एडीबी)बाट करिब २८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण वैदेशिक ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा विकास परियोजनाका लागि उक्त ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले डिजिटल नेपाल ट्रान्सफर्मेसन परियोजनाका लागि एडीबीबाट ४० मिलियन अमेरिकी डलर र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी कुल ९० मिलियन डलर सहुलियत ऋण लिने निर्णय भएको जानकारी दिए। नेपाली रुपैयाँमा यसको रकम करिब साढे १३ अर्ब बराबर हुन्छ।

त्यसैगरी, दिगो तथा समावेशी वित्त परियोजनाअन्तर्गत विश्व बैंकबाट थप ९५ मिलियन अमेरिकी डलर (१४ अर्ब रुपैयाँभन्दा बढी) ऋण लिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

अर्थ मन्त्रालयको प्रस्तावमा दुवै ऋण सहायता स्वीकार गर्ने निर्णय गरिएको सरकारका प्रवक्ताले बताएका छन्।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ३ : ०७ बजे

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

बागलुङ । भदौ ८ गते दिउँसोदेखि नै ताराखोला गाउँपालिका-४ विसौनाकी

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

वालिङ । स्याङ्जाको वालिङ-१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन, भोली निराहार व्रत

काठमाडौं । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति