१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त



काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

भट्ट लामो समय नेपाल राष्ट्र बैंकमा कार्यरत रही कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त गरेका अर्थशास्त्री हुन् । करिब २५ वर्षको सेवाकालमा उनले आर्थिक अनुसन्धान, बैंकिङ नियमन, सुपरिवेक्षण, भुक्तानी प्रणाली तथा राष्ट्र ऋण व्यवस्थापनजस्ता महत्वपूर्ण विभागहरूको नेतृत्व सम्हालेका थिए । साथै, उनी लामो समयसम्म राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा पनि रहे ।

डोटीको शिखर नगरपालिका-१ मा जन्मिएका भट्टले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहमा स्वर्ण पदक हासिल गरेका छन् । उनले अमेरिकाको विलियम्स कलेजबाट स्नातकोत्तर तथा वेन स्टेट विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि प्राप्त गरेका छन् ।

उनको अध्ययन तथा अनुसन्धान क्षेत्र मौद्रिक अर्थशास्त्र, वित्तीय अर्थशास्त्र र विकास अर्थशास्त्रमा केन्द्रित रहेको छ । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धानमूलक लेखहरू प्रकाशित गरेका छन् ।

भट्टले राष्ट्र बैंकमा रहँदा बैंकिङ सुपरिवेक्षण सुदृढीकरण, भुक्तानी प्रणाली सुधार तथा मौद्रिक नीति निर्माणमा महत्वपूर्ण योगदान दिएका थिए । उनको नेतृत्वमा आर्थिक अनुसन्धान विभागले देशका आर्थिक सूचकहरूको विश्लेषण र पूर्वानुमानमा उल्लेखनीय भूमिका खेलेको थियो ।

अब बालेन्द्र शाह नेतृत्वको सरकारले उनलाई राष्ट्रिय नीति तथा योजना निर्माणको महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  २ : ३७ बजे

चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीद्वारा विशेष सुरक्षा योजना लागू

काठमाडौँ । नेपाल प्रहरीले दीपावली, नेपाल संवत् र छठ पर्वलाई

बाँकेको नरैनापुरमा भूमि प्रशासनसम्बन्धी सेवा सुरु

नेपालगन्ज । बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा आजदेखि भूमि प्रशासनसम्बन्धी

३ दशकको पीडा र एक्लोपनपछि जमुनाले पाइन् संरक्षण

बुटवल । एउटा आमाले आफ्नै सन्तान गुमाउनुको पीडा कति असह्य

निवर्तमान प्रहरी महानिरीक्षक कार्कीद्वारा सर्वोच्चमा पेस गरेको रिट आज दर्ता भएन

काठमाडौँ । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनीरुपमा प्रहरी

विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको शानदार जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा