१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)



काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत ‘पैसा’ सार्वजनिक भएको छ । उच्चस्तरीय दृश्य निर्माणसहित तयार पारिएको उक्त म्युजिक भिडियोमा प्रिति आले, बबिता धिताल र डिमिट्रीको अभिनय रहेको छ ।

गीतमा स्वर, शब्द तथा संगीत प्रिति आलेकै रहेको छ भने संगीत संयोजन राकेश सोनीले गरेका छन् । रेकर्डिङ कमल मगरले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् । गीत प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको हो ।

म्युजिक भिडियोको निर्देशन पनि प्रिति आलेले नै गरेकी हुन् । भिडियोमा क्लब १६ को नाइटलाइफ अनुभवलाई आकर्षक ढंगले प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।

कोरियोग्राफी थम्मन तडी (टक्की) ले गरेका छन् भने छायांकन दुर्गा पौडेल र गणेश सापकोटाले गरेका छन् । भिडियो सम्पादन नवीन घर्ती मगरले गरेका हुन् । उत्पादन व्यवस्थापन राम लामाले सम्हालेका छन् भने मेकअप आर्टिस्टका रूपमा बिनिता तामाङ रहेकी छन् । पोस्ट–प्रोडक्सन एड्भेन्चर इन्टरटेनमेन्टले गरेको हो ।

निर्माण पक्षका अनुसार ‘पैसा’ केवल गीत मात्र नभई विशेष अनुभूति दिने प्रयासका रूपमा तयार गरिएको छ । क्लब १६ इन्टरटेनमेन्टले आगामी दिनमा पनि यस्तै नयाँ सामग्री सार्वजनिक गर्ने जनाएको छ ।

भिडियो

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ७ : १३ बजे

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई

अटिजमको कथा बोकेको चलचित्र ‘गौँथली’ आजदेखि प्रदर्शनमा

काठमाडौं । अटिजमजस्ता संवेदनशील विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली

लागत बढेपछि चपेटामा किसान

सर्लाही । बरहथवा नगरपालिका-५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा