११ कार्तिक २०८३, बुधबार | October 28, 2026

ठिनीमा स्याउ चिस्यान गृह निर्माण



मुस्ताङ । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह निर्माण गरिएको छ । सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत शीतोष्ण फलफूल तथा स्याउ सङ्कलन र भण्डारणका लागि चिस्यान गृह निर्माण गरिएको हो ।

सङ्घीय सरकारद्वारा आर्थिक वर्ष २०८१÷८२ का लागि प्राप्त विशेष अनुदानबाट रु ५९ लाखको लागतमा ३० मेट्रिक टन क्षमताको फलफूल भण्डारण गर्ने चिस्यान गृह निर्माण गरिएको घरपझोङ गाउँपालिकाका इन्जिनियर चक्रबहादुर बमले जानकारी दिए । ठिनी गाउँमा १० मेट्रिक टन क्षमताका तीन चिस्यान गृह निर्माण गरिएको हो ।

घरपझोङ गाउँपालिका–५ का वडाध्यक्ष प्रदीप थकालीका अनुसार ठिनी गाउँमा उत्पादित स्याउ सङ्कलन गरी चिस्यान गृहमा राख्न सहकारीमार्फत प्रस्ताव पेस गरी काम सम्पन्न गरिएको हो । स्थानीय किसानले उत्पादन गरेको स्याउ सङ्कलन गरी चिस्यान गृहमा राखिनेछ ।

मुस्ताङको स्याउ बजारीकरणमा खासै समस्या नभए पनि यहाँ आउने पर्यटकलाई बेमौसममा समेत स्याउको स्वाद चखाउन तथा चिस्यान गृहमा राखिएको ताजा स्याउलाई कोसेलीका रूपमा बिक्री गर्ने उद्देश्यले उक्त संरचना निर्माण गरिएको हो । फल्ने समय बाहेकमा पनि स्याउ ताजा र महँगो मूल्यमा बिक्री गर्न सकिने भएकाले किसानलाई थप लाभ पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष थकालीले बताए ।

यसअघि सिजनमा स्थानीय तथा बाहिरी व्यापारीले स्याउ खरिद गरी सिधै बजार पु¥याउने गर्दा सिजनबाहेक अन्य समयमा पर्यटकले स्याउको स्वाद चाख्न पाउँदैनथे । अब चिस्यान गृह निर्माण भएसँगै ठिनी गाउँमा उत्पादित स्याउ बेमौसममा पनि उपलब्ध हुने उनको भनाइ छ । चिस्यान गृह निर्माण भएसँगै ठिनी गाउँका करिब १०० किसान प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । साथै, घरपझोङ गाउँपालिकाले स्याउ सङ्कलन, ग्रेडिङ, प्याकेजिङ र बजारीकरणका लागि आवश्यक पूर्वाधारसमेत निर्माण गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  १० : ०६ बजे

चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

दाङ । बंगालको खाडीमा विकसित ‘अर्नाव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका

भोजपुरमा धान थन्क्याउन कामदार अभाव, युवा पलायनले किसान मर्कामा

भोजपुर । गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी र सहरतर्फ पलायन

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके । वर्षायाममा बन्द गरिएको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै

वीरगञ्ज भन्सारले असोजमा उठायो २६ अर्ब ७२ करोड राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा आज