११ कार्तिक २०८३, बुधबार | October 28, 2026

१३ अङ्कले घट्यो नेप्से परिसूचक



काठमाडौं । यस साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव १७ अङ्कले घटेर दुई हजार ८२५ दशमलव २३ बिन्दुमा कामय भएको हो ।

आज तीन सय ४९ कम्पनीको एक करोड १६ लाख ५३ हजार ३७० कित्ता सेयर एक लाख १६ हजार ३१० पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ४३ करोड ४२ लाख ४० हजार २७६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेले कुनै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको घटबढ हुँदा ‘सर्किट ब्रेक’ लाग्ने व्यवस्थालाई परिमार्जन गरी १५ प्रतिशत बनाएको छ । जसअनुसार आज सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड, होटल फरेस्ट इन लिमिटेड, पाल्पा सिमेन्ट इन्डस्टिज लिमिटेड र शिखर पावर डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ०१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ३ : ४० बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको